मगर संघ रामबजारको पात्रो

समाधान संवाददाता २०८० चैत १२ गते १२:३०

पोखरा ।
नेपाल मगर संघ रामबजार इकाइ समिति, महिला समिति र युवा समितिद्वारा संयुक्त रुपमा प्रकाशन गरिएको २०८१ सालको भित्तेपात्रो आइतबार विमोचन गरिएको छ । समाजका ज्येष्ठ सदस्य आरएसएम पहलसिं थापामगरले भित्तेपात्रो विमोचन गरेका हुन् ।

Advertisement


थापामगरले संघले गरेको काम प्रशंसनीय भएको बताए । मुल समितिका अध्यक्ष सुधा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव बाबुराम रानामगर, महिला समिति अध्यक्ष लक्ष्मी थापामगर, संघका सल्लाहकार क्या. नरेश थापामगर, संस्थापक अध्यक्ष कर्णबहादुर राना मगर, सल्लाहकार बेनबहादुर आलेमगर, सल्लाहकार ढालबहादुर सारुमगर, नेपाल मगर संघ जिल्ला समिति कास्कीका सहसचिव ओम विरकट्टा मगर, युवा संघ रामबजारका अध्यक्ष दिलु विरकट्टा मगर, स्याङ्जा विरुवा गा.पा. का अध्यक्ष प्रकाश थापा मगर लगायतले बोलेका थिए ।


भित्तेपात्रो प्रकाशनका लागि मुल समितिका उपाध्यक्ष क्या. अमर रानामगरको संयोजकत्वमा पाँच सदस्यीय प्रकाशन उपसमिति गठन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया