जनजागृति आमा समूहमा शान्ति

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १९ पुरून्चौरमा रहेको जनजागृति आमा समूहको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन अधिवेशनले शान्ति बास्तोलाको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
शनिबार भएको अधिवेशनले १ सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा निरू भण्डारी ढुंगाना, सचिव कविता आचार्य, सहसचिव नारायणी भुजेल र कोषाध्यक्षमा शोभा बास्तोला छन् । कार्यसमिति सदस्यमा सृजना थापा, मैयाँ ढुंगाना, वासना खनाल, रिता तिवारी ढुंगाना र द्रौपदा बास्तोला छन् ।
कार्यक्रममा पोखरा १९ का वडा सदस्य विकास आचार्यले समाजको विकास परिवर्तनका लागि नागरिकको भूमिका समयानुकूल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विन्ध्यश्वरी माविका अध्यक्ष एकराज ढुंगाना, प्रधानाध्यापक श्रीराम आर्चाय, विन्ध्यश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसी, पूर्व अध्यक्ष मीनराज ढुंगाना, संस्थाकी सचिव कल्पना ढुंगाना लगायतले बोलेका थिए । कार्यक्रम समूहका अध्यक्ष निरा ढुंगानाको अध्यक्षतामा भएको थियो ।








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया