पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

पोखरा ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माको नेतृत्वमा आएको निरीक्षण टोलीले मंगलबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई सञ्चालन स्वीकृतिको मनशाय पत्र दिनेसम्बन्धमा स्थलगत निरीक्षण गरेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार यादव, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मदन खड्का लगायतले निरीक्षण टोलीलाई अस्पतालको हालसम्मको प्रगति विवरण र वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराए ।
टोलीले जनशक्ति, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरंग, अन्तरंग, आकस्मिक र शल्यचिकित्सा एवं सघन उपचार कक्षसम्बन्धी मापदण्ड, उपकरण, औषधि आदिका बारेमा अध्ययन तथा निरीक्षण गरी थप सुधार गर्नुपर्ने विषयमा अस्पताल व्यवस्थापन समितिलाई अवगत गराएको थियो ।
निरीक्षण टोलीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उप–सचिव चण्डिका पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डा. धर्म ढकाल, महाशाखा प्रमुख डा. रमेशकुमार केसी, आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल तथा फार्मेसी अधिकृत साजन बराल थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया