स्वास्थ्य तालिम रणनीति सार्वजनिक

पोखरा ।
गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका तालिमलाई व्यवस्थित, योजनावद्ध र प्रभावकारी बनाउन रणनीति तयार गरिएको छ । फागुन २३ गतेको गण्डकीको मन्त्रिपरिषद् बैठकले यो रणनीति स्वीकृत गरिसकेको छ ।
स्वास्थ्य तालिम केन्द्र पोखराले मंगलबार आयोजना गरेको कार्यक्रमाम गण्डकी प्रदेश स्वास्थ्य रणनीति (२०८०–२०८७) स्वास्थ्य तथा सामाजिक विकास मन्त्री महेन्द्रबहादुर जिसीले सार्वजनिक गरे । यसमा सात रणनीति, १२ कार्यनीति र ७१ कार्यक्रम छन् ।
तालिम केन्द्रका निमिक्त महानिर्देशक एवं प्रदेश स्वास्थ्य रणनीति मस्यौदा तर्जुमा कार्यदलका संयोजक रमेशप्रसाद अधिकारीले दक्ष जनशक्ति तयार गर्न पर्याप्त लगानी र अनुसन्धानमा आधारित तालिम हुनुपर्ने मान्यतामा रणनीति बनेको जनाए ।
स्वास्थ्यका तालिमलाई गुणस्तरीय बनाउन आइएसओ प्रमाणीकरण गर्नेतर्फ प्रक्रिया पनि थालिएको उनको भनाइ छ । सात वर्षे रणनीतिमा कार्यक्रमहरुको क्यालेन्डर बनाएर निजी क्षेत्र र स्थानीय तहका स्वास्थ्यका जनशक्तिलाई समेत समावेश गर्ने उल्लेख छ ।
गण्डकी प्रदेश सरकार मातहत १२ अस्पताल छन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री जिसी तालिमका लागि तालिम र दोहोरोपनालाई रोक्न आग्रह गर्छन् । पहुँचका आधारमा तालिममा सहभागितालाई रोक्नैपर्ने जनाउँदै उनी त्यसलाई पद्धतिले मात्र रोक्न सक्ने सुझाउँछन् । भन्छन्, ‘हामी राजनीतिज्ञ त स्वर्ग जाने सिफारिस कसैले मागे पनि दिइहाल्छौँ, तर तालिमका प्रावधान, यसको रेकर्ड आदिले सहभागी छनोटका मापदण्ड बनाएर कडाइ गर्नुपर्छ ।’
जनअपेक्षाअनुसार स्वास्थ्य सेवा दिन जनशक्ति दक्ष र अद्यावधिक हुनुपर्नेमा उनको जोड छ । स्वास्थ्य क्षेत्रका जनशक्ति दक्ष र अपडेटेड नहुँदा अनेक समस्या आउन सक्ने जनाउँदै नेपालमा पहिलो पटक प्रदेश सरकारले स्वास्थ्य तालिमका लागि बनाएको रणनीति लागू हुने गरी काम गर्न निर्देशन दिए ।
सरकार परिवर्तन भए पनि जनस्वास्थ्यको सवाल उही रहने भन्दै उनले यसका लागि आवश्यक स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिवद्धता गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले स्वास्थ्य क्षेत्रमा गण्डकी नमुना बनेको जनाउँदै त्यसलाई कायम राख्ने गरी कार्यान्वयनमा लाग्न आग्रह गरे ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया