‘नक्कली किसानले सक्कली मारमा’

लेखनाथ ।
किसानलाई व्यावसायिक बनाउनका लागि असली किसानको पहिचान हुनुपर्ने मंगलबार लेखनाथमा आयोजित कार्यक्रमका सहभागी किसानहरुले बताएका छन् । पोखरा महानगरपालिका वडा नं २६ र वडास्तरीय कृषि सञ्जालको आयोजनामा भएको कृषिसम्बन्धी अन्तरक्रियाका सहभागीले अनुदानका नाममा नक्कली किसान बनेर सरकारी पैसा खानेहरुले नै वास्तविक किसानलाई पछाडि पारेको गुनासो गरे ।
पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले युवालाई कृषिसम्बन्धी ज्ञान, सीप दिनुपर्ने र विदेशबाट फर्केकाहरुले पनि विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्नुपर्ने सुझाव दिए । अध्यक्ष थापाले कृषिलाई व्यावासायिक बनाउनका लागि असल कृषकको पहिचान, जग्गा बर्गीैकरणलाई पुनर्विचार, अनुदानको व्यवस्था, कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य सही तरिकाले कार्यान्वय गनुपर्ने विचार राखे । उनले वडाको तर्फबाट किसान बजार सञ्चालन गर्ने योजना सुनाए ।
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडेरियाले राज्यले कृषि क्षेत्रमा गरेको ठूलो लगानीले सोचे अनुसारको प्रतिफल नआएकाले आगामी दिनमा नयाँ कृषि नीति तयार पारी वास्तविक किसान केन्द्रित कार्यक्रममार्फत स्वदेशी उत्पादन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।
कृषि सञ्जाल पोखरा २६ अध्यक्ष केशवराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि गरिमा एग्रो प्रालिका सञ्चालक सरिता भुजेल, कृषि सञ्जाल पोखरा ६ की संयोजक भावना रानाभाट, वडा नं १३ का संयोजक नरेन्द्र अधिकारी, सिलिंगे कृषि उत्पादक सहकारी अध्यक्ष ठाकुर रानाभाट, अमृता अधिकारी, कृषि सञ्जालका सचिव ईश्वरराज भण्डारी, सहसंयोजक देवी ढुंगाना लगायतले बोलेका थिए ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया