अर्चले बस दुर्घटनाका घाइते डिस्चार्ज
समाधान संवाददाता
२०८० चैत १७ गते २०:२५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २७, अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएका दुई जना अस्पतालमा उपचार गरी डिस्चार्ज भएका छन् ।
ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका थिए ।
लेखनाथतिर फर्किँदै गरेको बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक सूर्य रानाले घाइते दुवैजना डिस्चार्ज भएको जानकारी दिए । दुर्घटनामा घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको हो ।
यात्रुले रिजर्भ गरेको बस फर्किदा अन्य यात्रु भने थिएनन् ।
सम्बन्धित









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया