रेडियो अन्नपूर्णमा २ सय युनिट रगत संकलन

समाधान संवाददाता २०८० चैत १७ गते २०:४०

पोखरा ।
रेडियो अन्नपूणर्ले शनिबार पोखरामा आयोजना गरेको वृहत् रक्तदानमा २ सय ७ युनिट रगत संकलन भएको छ । नयाँ रक्तदातालाई रक्तदान प्रति प्रेरित गर्ने उद्देश्यले २२ औं संस्करणको रक्तदान भएको कार्यक्रम संयोजक राजाराम पौडेलले बताए ।

Advertisement

कार्यक्रममा ८० नयाँ रक्तदाता, १ सय ८४ पुरुष र २३ जना महिलाले रक्तदान गरेका छन् । रेडियोले स्थापना कालदेखि हालसम्म गरेका रक्तदानबाट ७ हजार ७ सय ३ युनिट रगत संकलन गरिसकेको महाप्रबन्धक नारायण पौडेलले बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति र रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता विजया सापकोटालाई संयुक्त रुपमा ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए । अध्यक्ष पालिखेले रेडियोले वार्षिक रुपमा रक्तदान गर्दै आएको जनाए ।


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एनआइसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, लायन मिलन थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, कलाकार माओत्से गुरुङ, आकस्मिक रक्तदान व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र शर्मा, रक्त सञ्चार केन्द्र गण्डक प्रमुख अजुर्न ज्ञवाली, रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया