मुस्ताङमा लेक लागेर पर्यटकको मृत्यु

जोमसोम ।
मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेकी एक भारतीय महिलाको शनिबार लेक लागेर मृत्यु भएको छ । भारतको गुजरात घर भई मुक्तिनाथ दर्शन गर्न भनी आएकी वर्ष ६५ की जानी तरुना विनको लेक लागेर मृत्यु भएको हो ।
उनी श्रीमान जानी प्रभिन भाइसहित ७ जनाको टोलीमा शनिबार मुक्तिनाथ दर्शनका लागि आउँदै थिइन् । बेनी जोमसोम सडक मार्ग हुँदै मुक्तिनाथतर्फ आउँदै गर्दा मुस्ताङको थासाङ १ टुकुचे आईपुग्दा हाइ अल्टिच्युडको समस्या देखिएपछि उनलाई जोमसोमको मुस्ताङ अस्पताल ल्याइएको थियो ।
अस्पतालमा ल्याइनेबित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले घटनापछि प्रहरी निरीक्षक मिलनबहादुर विकको कमान्डमा ५ जनाको टोली शवको मुचुल्का गरी आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिए । मुस्ताङमा चालु आर्थिक वर्षमा लेक लागेर मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । तीमध्ये २ नेपाली र ६ विदेशी छन् ।








पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया