थमनको सम्झनामा मुक्तक स्पर्धा

पोखरा ।
माओवादी जनयुद्धका सहिद थमन परियारलाई शनिबार कास्कीमा सम्झना गरिएको छ । साहित्यकार, पत्रकार, कलाकार, कुशल संगठक परियारका योगदानलाई चिरस्थायी बनाउन गठन गरिएको सहिद थमन परियार स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो ।
मुक्तक मञ्च कास्की शाखासँगको सहकार्यमा भएको मुक्तक प्रतियोगितामा विवेक अधिकारी प्रथम, संयोग बस्याल द्वितीय, शोभा लामिछाने तृतीय र सुजित परियार चौथो बने । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथोले क्रमशः ११ हजार, ९ हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । निर्णायक मण्डलमा नारायण मरासिनी संयोजक, भीम रानाभाट र कल्पना चिलुवाल सदस्य थिए ।
कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, एमालेका गण्डकी प्रदेश सभाका प्रमुख सचेतक गोविन्द नेपाली, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य दमयन्ती रुचाल, मुक्तक मञ्च कास्की अध्यक्ष राजकुमार आचार्य लगायतले बोलेका थिए ।







बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया