गायक प्रसादलाई मगर संघकाे सहयोग
समाधान संवाददाता
२०८० चैत १८ गते ११:०६
पोखरा ।
दुवै मृगौलाले काम नगर्ने भएका गायक तथा कलाकार प्रसाद खप्तरीमगरलाई नेपाल मगर संघ रामबजार पोखराले रकम संकलन गरी हस्तान्तरण गरेको छ । संघले सञ्चालन गरेको रकम संकलन अभियानमा संकलन भएको ६१ हजार १ सय ५० रुपैयाँ संघका अध्यक्ष सुधा थापामगरले खप्तरीलाई हस्तान्तरण गरिन् ।
थुप्रै मौलिक तथा सांस्कृतिक गीत संगीतका सर्जक खप्तरी मगरले नेपाल मगर संघ रामबजारले निर्माण गरेको मौलिक सालैजो ‘म त परे मगर’ गीतमा समेत स्वर दिएका छन् । दुवै मृगौलाले काम गर्न छाडे पनि सबैको साथ, सहयोग र मायाले आफूलाई हौसला मिलेको बताउँदै खप्तरी मगरले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सम्बन्धित








पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया