विष्णुपादुका टोलमा सरसफाइ

पोखरा ।
पोखरा २५ हेमजास्थित विष्णुपादुका टोलमा शनिवार वृहत सरसफाइ भएको छ । विष्णुपादुका टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा ‘आफ्नो टोल आफै सफा राखौं’ भन्ने अभियानसहित विष्णुपादुका मन्दिर परिसर, हारहारी स्ट्रिट नम्बर ८, देवीस्थान मार्ग, मिलनचोक, एकतामार्ग र भिमसेनटोल लगायत विष्णुपादुका टोलभित्र पर्ने स्थानमा सरसफाइ गरिएको हो ।
राजमार्गमा भएका घरधनीहरूमा प्रत्येक दिन विहान आ–आफ्नो घरअगाडि सफा गरिदिन आग्रह गरिएको छ । विष्णुपादुका टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले स्वच्छ र स्वस्थ समाजका लागि अब प्रत्येक हप्ता १ घण्टा टोल सरसफाइ गर्ने बताए ।
उनले महानगरको फोहर उठाउने गाडी टोलको हरेक चोक तथा सडकमा नआएर फोहोर थुप्रिएकोे बताउँदै प्रत्येक १५ दिनमा टोलका हरेक चोक र घर अगाडि फोहर संकलनका लागि गाडी आउने वातावरण मिलाउन टोल विकास संस्थाले समन्वय गर्ने बताए ।
अध्यक्ष श्रेष्ठले कतिपय व्यक्तिहरूले लापरवाही गरी फोहोरको गाडीमा फोहोर फाल्नुको सट्टा सिँचाइका नहरमा फोहर फालिदिनाले टोलमा बेलाबेला महामारी र दुर्गन्ध फैलिएको स्मरण गराउँदै अवका दिनमा टोल विकास संस्थाले अत्यन्त कडा निगरानी गरी जथाभावी फोहर फाल्ने व्यक्तिलाई जरिवाना लगाउने व्यवस्था गरिने उल्लेख गरे । हरेक टोलवासीले आफ्नो परिसर सफा र स्वच्छ राखी आफ्नो घरबाट निस्कने फोहर बोरामा जम्मा गरि उक्त फोहोरको गाडीमा राख्न उनको आग्रह छ ।
उनले टोल विकास संस्थाले अब केही दिनमा प्रत्येक घरमा फोहर संकलन कार्ड र सरसफाइको अनुगमन गर्ने बताए । टोल विकास संस्थाका उपाध्यक्ष सम्बरबहादुर गायकले स्वच्छ वातावरणको लागि टोलवासी नै जागरुक हुनुपर्ने बताए । सरसफाई कार्यक्रममा देवीस्थान आमा समूह, सिके आमा समूह, गन्धर्व आमा समूह, कमलजैसी आमा समूह तथा स्थानियहरुको सक्रिय सहभागिता थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया