मुस्ताङको शान्ति सुरक्षा बुझ्न डिआईजी खनाल मुस्ताङ आईपुगे

जोमसोम—धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङका सुरक्षा चुनौति बुझ्न गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी विकास राज खनाल आईतबार बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आईपुगेका छन् । प्रदेश प्रहरी प्रमुख भएको २ महिनापछि डिआईजी खनाल मुस्ताङ आईपुगेका हुन् ।
डिआईजी खनाललाई जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेसहित कार्यालयका प्रहरीहरुले स्वागतसहित सम्मान अर्पण गरेको छ । सोही क्रममा डिआईजी खनालले जिल्ला प्रहरी कार्यालयको भवन र प्रहरी बस्ने आवास भवन लगायतका संरचनाको निरीक्षण गरे ।
प्रदेश प्रहरी प्रमुख डिआईजी खनालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले स्थानीय सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम पनि गरियो । अन्तरक्रिया,पर्यटन व्यवसायी,यातायात व्यवसायी, बैंक तथा वित्तिय संस्था, गाउँ समाज, आमा समुह,नागरिक समाज र पत्रकार लगायतले सहभागीता जनाए ।
मुस्ताङका नागरिक सरोकारवालासंगको अन्तरक्रियामा प्रदेश प्रहरी प्रमुख डिआईजी खनालले मुस्ताङ जिल्लाका सुरक्षा चुनौति र उपलब्धी के छन् भन्ने जानकारी लिन आफु यहाँ आईपुगेको बताए ।‘प्रहरीको कार्यसम्पादन,सेवा प्रवाह,अपराध नियन्त्रणका कुरा यहाँ आएर बुझ्नु पर्ने थियो,डिआईजी खनाले भने,‘ यहाँ आएर नागरिकका सुझाव र गुनासाहरु प्रत्यक्ष सुन्न पाईयो ,यहाँ उठेका प्रश्न र सुझावलाई यथोचित सम्वोधन गर्ने प्रयत्न गर्नेछौं ।’

सुख र दुःखमा सदैव साथ दिन मुस्ताङ प्रहरीलाई निर्देशन दिएका छन् । डिआईजी खनालले विकार भनेको भौतिक पूर्वाधार मात्रैलाई अथ्र्याउन नहुँने स्पष्ट पारे ।‘ सामाजिक चेतना । अपराधविहिन सोच र चिन्तन, र मित्तव्ययी व्यवहार र नैतिकता प्रदर्शन गर्नुनै सबै भन्दा ठुलो विकास हो,उनले भने ।’
डिआईजी खनालले प्रहरीले सामाजिक अपराध र बिकृति बिसङ्गती न्यूनिकरण गर्न सदैव क्रियाशील रहेको बताए । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेकाले मुस्ताङमा पनि पर्यटकीय गतिविधि थप चलायमान हुँने डिआईजी खनालको भनाई छ । उनले पर्यटकीय गतिविधि बढेसंगै ट्राफिक व्यवस्थापन,अपराध न्यूनिकरण र अनेंकन खालका बिकृति मौलाउन सक्ने भएकाले यसप्रति चनाखो रहन मुस्ताङ प्रहरीलाई निर्देशन दिए । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ महत्वपूर्ण पर्यटकीय हब भएकाले यहाँको सुरक्षा चुनौतिलाई चुस्त र पारदर्शी ढंगले अघि बढाउन आवश्यक रहेको डिआईजी खनालले उल्लेख गरे ।
डिआईजी खनालले नागरिक प्रति जनउत्तरदायी भएर कार्यसम्पादन गर्न मुस्ताङ प्रहरीलाई निर्देशन दिए । उनले नागरिक प्रति जनभरोसा टुटेमा प्रहरी सेवामा नकारात्मक आँच आउने भएकाले यसप्रति संयमित भएर काम गर्न सुझाए । उनले मुस्ताङलाई शान्त ,सुरक्षित र समृद्ध बनाउने प्रदेश प्रहरीको लक्ष्य रहेको स्पष्ट पारे ।
गण्डकी प्रदेशमा प्रहरीको कुल दरबन्दी ७ हजार ४ सय रहेको उल्लेख गर्दै त्यसमा १ हजार प्रहरी दरबन्दी कम रहेको डिआईजी खनालले जानकारी दिए । उनले मुस्ताङमा प्रहरी संख्या दरबन्दी कमीकै कारण कम भएको र यो समस्यालाई हल गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले अन्तरिक्रयामा सरोकारवालाहरुले उठाएका समस्याहरुलाई समाधानको बाटो अवलम्वन गरिने बताए । प्रहरी सदैव जनताको साथमा रहेकाले नागरिकलाई परेका समस्याहरुमा प्रहरी सदैव अग्रसर रहने जनाए ।

तपाईको प्रतिक्रिया