कोशीका उद्योग वाणिज्य संघका टोली पोखरामा

पोखरा ।
कोशी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघको सचिवालयमा कार्यरत प्रमुख, प्रतिनिधिले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य वीरेन्द्रकुमार साहको नेतृत्वमा अध्ययन, अवलोकन भ्रमणमा आएका उनीहरुलाई संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्की, उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम लगायतले विभिन्न जानकारी गराएका हुन् ।
संघका कार्यवाहक अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले पोखराको जेठो सामाजिक संस्थाको हैसियतले गरेका विकास निर्माणका कामबारे जानकारी गराए । सबल सचिवालय हुनुसंस्था बलियो हुनु हो भन्दै उनले सचिवालयमा कार्यरत कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाए ।
भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्कीले महासंघले व्यवसायीको हितका लागि विभिन्न गतिविधि गरिरहेको बताउँदै आउँदा दिनमा पनि व्यवसायीको हक–हितका लागि काम गर्ने प्रतिवद्धता जनाए ।









नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया