नेसनल क्रियसनमा पुरस्कार वितरण
पोखरा ।
नेसनल क्रियसन एकेडेमी पोखरा ८ नागढुंगामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्रबहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए ।
‘नयाँनयाँ प्रविधिको विकाससँगै विद्यालयको पठनपाठनलाई पनि प्रविधि मैत्री बनाउँदै गएका छौं,’ संस्थापक प्रिन्सिपल थापाले भने, ‘विश्व बजारमा बिक्ने खालको शिक्षा दिन विद्यालय तल्लीन छ ।’
उनले हरेक वर्ष विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणले थप ऊर्जा मिल्ने साथै सांस्कृतिक कार्यक्रमले प्रतिभा प्रस्फुटन गर्न मद्दत मिल्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रशासक विक्रमबहादुर थापा, अतिरिक्त क्रियाकलाप प्रमुख सुदामा रेग्मी, नेपाली विभाग प्रमुख सिर्जना आचार्य थापाले बोलेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।









नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया