रिभानमा रेडक्रसको अभिमुखीकरण

समाधान संवाददाता २०८० चैत १९ गते १२:५७

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको लैंगिक तथा सामाजिक समावेशिकरण समितिले माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ५ रिभानमा स्वास्थ्यसम्बन्धी सचेतना तथा रेडक्रस अभिमुखीकरण कार्यशाला गरेको छ ।

Advertisement

रेडक्रस सोसाइटी माछापुच्छ्रे ५ रिभान उपशाखाको व्यवस्थापनमा भएको कार्यशालामा ७८ जनाको सहभागिता रहेको रेडक्रस कास्कीका उपमन्त्री रमा न्यौपाने कोइरालाले जानकारी दिइन् ।


गोष्ठीमा उपमन्त्री कोइरालाले रेडक्रस तथा लैंगिक समितिले गरेका काम तथा प्रादेशिक रक्त सञ्चार केन्द्रका स्टाफ नर्स यमुना केसीले रक्तदाता उत्प्रेरणा र महिलाको पाठेघरको मुखको क्यान्सरका बारेमा सहजीकरण गरे ।

Advertisement


माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नारायण पौडेलले गोष्ठीको उद्घाटन गर्दै रेडक्रसले स्वयंसेवी भावनका साथ विपद् व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा काम गरेको बताए । उनले रेडक्रसको अभियानमा वडा कार्यालयले सहकार्य गर्ने उल्लेख गरे ।


कार्यक्रममा माछापुच्छ्रे ५ रिभान उपशाखाका सभापति भगवती गुरुङ, लाहाचोक उपशाखाका सभापति केशवराज पौडेल, धिताल उपशाखाका उपसभापति तुलसी पौडेल, रिभान उपशाखाका उपसभापति सीता पौडेल, सचिव कमला दवाडीले रेडक्रसको अभियानका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया