आँधीखोलामा ओहिया कप भलिबल प्रतियोगिता हुने

समाधान संवाददाता २०८० चैत १९ गते १६:५७

स्याङ्जा ।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा आठौ आँधीखोला ओहिया कप टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नम्बर ५ को पुलको मुखस्थित खेल मैदानमा हुने प्रतियोगिता आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement


प्रगतिशील युवा क्लवले आयोजना गरेको प्रतियोगितमा प्रथम पुरस्कार नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृत्तिय पुरस्कार १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको क्लबका अध्यक्ष रामकृष्ण क्षेत्रीले जानकारी दिए ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट सर्भिस, बेस्ट लिब्रो तथा अनुशासित खेलाडीलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए । भेट्रान्स भलिबल (३५ वर्ष उमेर समूह माथि) तर्फ प्रथम पुरस्कार खसी, ट्रफी, मेडल र प्रमाणपत्र छ ।


क्लवले भलिबल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको छ । जसमा नृत्यतर्फ प्रथम पुरस्कार २ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र छ । कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर तथा नयाँवर्षको शुभकामना आदानप्रदान पनि गरिने आयोजकले जनाएको छ ।


शिक्षा, स्वाथ्य, सामाजिक, सांस्कृतिक, खेलकुद, कृषिको विकास तथा पर्यटन प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको यस क्लबले आगामी दिनमा प्रगतिशिल एकेडेमीको स्थापनाका लागि गुरुयोजना तयार गरी अगाडि बढ्ने लक्ष्य राखेको छ ।

Advertisement


कृषि पर्यटनलाई वृद्धि गर्ने, स्वरोजगार सिर्जना गर्ने, सचेतनामुलक तथा सिपमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्न जाविखोलामा अवस्थित ठूली/सानी झरनालाई व्यवस्थित तथा प्रचार प्रसार गर्दै गुरुयोजना बनाई अगाडि बढ्ने क्लवका थप लक्ष्य छन् ।

तपाईको प्रतिक्रिया