गण्डकी सरकारकाे दोस्रो योजनाको आधारपत्र सार्वजनिक

पोखरा ।
गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले सोमबार पत्रकार सम्मेलन गरी आधारपत्र सार्वजनिक गरेको हो । आयोगले योजनाको मस्यौदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाउने पूर्वनिर्धारित समय घर्किइसक्दा आधारपत्रमात्रै सार्वजनिक गरेको हो ।
सत्ता गठबन्धनमा परिवर्तन आएपछि मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले राजीनामा दिन सक्ने अनुमानबिच आधारपत्र सार्वजनिक भएको छ । यसअघि आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले फागुन महिनाभित्रै सरकारलाई योजनाको मस्यौदा उपलब्ध गराउने र चैतभित्रै नयाँ योजना तयार भइसक्ने बताउँदै आएको थिए ।
गण्डकीको दोस्रो योजनाले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पु¥याउने लक्ष्य लिएको छ । दोस्रो पञ्चवर्षीय योजना (०८१/८२ देखि ०८५/८६) को आधारपत्रमा गण्डकीबासीको प्रतिव्यक्ति आय अहिले १ हजार ४ सय ९२ डलर रहेकोमा करिब एक हजार डलर वृद्धि हुने उल्लेख छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोचका साथ सरकारले प्रदेशबासीको प्रतिव्यक्ति आयसहित अर्थतन्त्रका धेरै पक्षमा उल्लेख्य सुधार गर्ने लक्ष्य लिएको छ ।
आयोग उपाध्यक्ष डा देवकोटा केन्द्र सरकारको नयाँ योजनाको मागचित्रबमोजिम प्रदेशले नयाँ योजना बनाएको बताउँछन् । प्रदेशको आर्थिक वृद्धिदर अहिले ३.३ प्रतिशत रहेकोमा दोस्रो योजना कार्यान्वयनपछि ८ प्रतिशतमा पुग्ने अनुमान छ । यो योजना कार्यान्वयनले बहुआयामिक गरिबीलाई ९.६ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झार्ने उनको दाबी छ ।
केन्द्रको योजना सार्वजनिक भएको एक महिनाभित्रै प्रदेशको नयाँ योजना सार्वजनिक सक्ने गरी तयारी भएको छ । संघको योजनासँग तादात्म्यता मिलाउन यसो गर्न लागिएको हो । यो योजना कार्यान्वयनका लागि १० खर्ब लगानी आवश्यक हुने अनुमान छ ।
सरकार, निजी क्षेत्र, सहकारी, गैरआवासीय नेपालीको समेत योगदानमा लगानी जुटाउनले लक्ष्य लिइएको छ । योजनाले नयाँ कार्यक्रमका रुपमा प्रदेश पालिका साझेदारी प्रस्ताव गरेको छ । यो कार्यक्रम पाँच वर्षमा सबै पालिकामा पुर्याउने आधारपत्रमा उल्लेख छ । ‘यसपालिको बजेट यही योजना अनुसार आउँछ, त्यसले भावी लक्ष्य निर्धारणलाई मार्गदर्शन गर्छ,’ उपाध्यक्ष देवकोटाले भने ।
गण्डकी प्रदेशले केन्द्र सरकारले गर्ने लगानी सम्मेलनमा पेश गर्नका लागि गण्डकीका योजनाहरुसमेत छनोट गरिसकेको छ । यो योजनालाई मन्त्रालयहरुले अपनत्व लिने आयोगको अपेक्षा छ । गण्डकी सरकारले दोस्रो योजनामा कृषिलाई पहिलो प्राथमिकता दिएको छ । उद्योग र पर्यटनलाई क्रमशः समृद्धिका क्षेत्र मानिएको छ ।
आयोगका सदस्य डा सुभास अधिकारी विगतको सिकाइबाट अहिलेको योजना कामयावी र प्रभावकारी बनेको बताउँछन् । गण्डकीको पहिलो पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष हो । पहिलो योजनो लिएका धेरै लक्ष्य पूरा नहुँदा यसले सरकार र सरोकारवालालाई पाठसमेत सिकाएको उनको भनाइ छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया