हरिश्चन्द्रको ‘भुत्ते गाँठो’ बजारमा

पोखरा ।
कथाकार हरिचन्द्र नेपालीको पहिलो कृति भुत्ते गाँठो कथा सञ्चयन सार्वजनिक भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकाल र साहित्य शृंखला पोखराका अध्यक्ष लक्ष्मी थापाले संयुक्त रुपमा कृति सार्वजनिक गरे ।
पूर्व कुलपति ढकालले कथाकार नेपालीले प्रवासमा बसेर नेपाली साहित्यमा योगदान पुर्याएको बताए । ‘जातीय विभेदका बिरुद्ध सशक्त कलम चलाएर नेपालीले नेपाली समाजको कलंकको विषयलाई निवारण गर्न सरोकारवालाको ध्यानाकर्षण गरेका छन्,’ उनले भने, ‘भुत्ते गाँठो पुस्तक नेपाली समाजको ऐना भएकोले सबैका लागि पठन योग्य छ ।’
लेखक नेपालीले माया प्रेम र नेपाली समाजमा व्याप्त जातीय विभेदका घटनालाई आधार मानेर कथा संग्रह प्रकाशन गरेको सुनाए । नेपाली समाजमा अझै व्याप्त जातीय विभेदका कारण अन्तर जातीय विवाह गर्ने थप पीडा भोग्न परेको उल्लेख गर्दै उनले दुई युवा युवतीको प्रेम विवाह अन्तर जातीय भएको कारण असफल पारिएको घटनालाई कथामा उतारेको बताए ।
समालोचक चोलाकान्त ओझाले कृति पठनीय भएको टिप्पणी गरे । साहित्य श्रृखला पोखराले आयोजना गरेको कार्यक्रममा वामपन्थी नेता, केशबहादुर परियार, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, पोखरा ५ का पूर्व अध्यक्ष धनबहादुर नेपाली, हरिमाया विश्वकर्मा, काजी गाउँले नेपाली साहित्यका लागि अर्को कृति थपिएको बताए ।
कास्कीको पोखरा १८ सराङकोटमा जन्मिएका कथाकार नेपाली अहिले बेलायतमा बस्छन् । उनले नेपाली साहित्य र उत्पीडित समुदायको उत्थान तथा विकासमा योगदान पुर्याएका छन् । कथाकार नेपालीले भुत्ते गाँठोपछि आफ्नो दोस्रो कृति पनि पाठकमाझ ल्याउने योजना सुनाए ।








दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया