नागरिक उन्मुक्ती गण्डकीका अध्यक्ष गुरुङ पार्टीबाट निस्काशित, रञ्जिताले गरिन् कारवाही

पाेखरा ।
नागरिक उन्मुक्ती पार्टी नाउपाका गण्डकी प्रदेशका पार्टी अध्यक्ष राजन गुरुङ बर्खास्त भएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टीबाटै निस्काशन गरेको गरेको पत्र पठाएकी छन् ।
पार्टीमा सस्थापक अध्यक्ष रेशम चाैधरीलाई साथ दिनेहरुलाई कारवाही गर्न थालेकाे संकेत दिदैं पूर्वमन्त्री समेत रहेकी रञ्जिताले गण्डकीसहित वागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पनि पार्टी सदस्य नै नरहने गरी निस्काशन गरेकी हुन् । उनीहरु माथि पार्टीका नेताहरु माथि कुटपिट गरेको आराेप छ ।
रञ्जिताले पठाएको पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ ।
सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया