सामूहिक उद्यम गर्नेलाई वडाको साथः बास्तोला

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले आफूले सिकेको सीपबाट सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले सहयोग प्रतिवद्धता गरेका छन् ।
महिलाका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा बास्तोलाले भने, ‘तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ ।’ उनले महिलाको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिई दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिलाको सीपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सीप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको उनले जनाइन ।
प्रशिक्षार्थी सुनिता कोइरालाले १ महिनाको हस्तकला सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन् । तालिम अवधिमै दर्जन बढी सामग्री तयार हुँदा खुशी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन । प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीका रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सीप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।
गत फागनु १४ गतेदेखि वडा कार्यालयले सञ्चालन गरेको १ सय २० घण्टाको १ महिने हस्तकला तालिममा वडाभित्रबाट छनोट भएका १५ प्रशिक्षार्थीको सहभागिता थियो । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामग्री तयार गरेका थिए ।
वडा सदस्य एवं तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य गुमादेवी परियार र अर्का सदस्य शान्तबहादुर थापाले पनि बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया