मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा, ३४३ दिन चलाए गण्डकी सरकार

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकार जाेगाउने ठुलै कसरत गरेका पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ नदिएपछि पाण्डे राजीनामा गर्न बाध्य भएका हुन् । उनले सरकार जाेगिन्छ कि भन्ने लाेभमा दीपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।
सुरुमा केन्द्रमा नेकपा एससंग सहकार्य गरेर सरकार बनेकाे भए पनि पाण्डेले प्रदेशमा मनाङेलाई मन्त्री बनाउन मानेका थिएनन् । त्याे बेला माधव नेपालकाे दवावलाई बेवास्ता गरेका उनले नेकपा एसले समर्थन फिर्ता लिए पछि सरकार जाेगिन्छ कि भनेर मनाङेलाई मन्त्री बनाएका थिए ।
गोर्खाबाट प्रदेश सांसद जितेका पाण्डेले गण्डकी प्रदेशमा ३ सय ४३ दिन सरकारकाे नेतृत्व गरे । उनले २०७९ वैशाख १५ गते मुख्यमन्त्रीकाे सपथ लिएका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया