सामुदायिक सेवा केन्द्र वगरको स्थापना दिवस

समाधान संवाददाता २०८० चैत २१ गते १६:४०

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगरले २१ औं स्थापना दिवस मनाएको छ । स्थापनासँगै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत भएको छ ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले सामुदायिक सेवा केन्द्र वगरका गतिविधि उत्कृष्ट रहेको बताए । ‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति, विसंगति न्यूनीकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘आगामीी दिनमा पनि संस्था गतिविधिमा क्रियाशीलता रहने विश्वास व्यक्त गर्दछु ।’ कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाइ छ ।


वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरिक बीचको सम्वन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् ।
कार्यक्रममा अस्थायी प्रहरी पोस्ट बगरका इन्चार्ज कृष्णबहादुर लामिछानेको प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा पदोन्नति भएकोमा बधाई ज्ञापन गरियो ।

Advertisement


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगर पालिका वडा नं. १ का वडा रामजी पौडेल, सदस्य लागुऔषध नियन्त्रण तथा समाज स्ुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष धर्मराज आचार्य, सामुदायिक सेवा केन्द्र वगरका निवर्तमान अध्यक्ष रामभूषण पराजुलीले र सचिव शिवराज अधिकारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया