गण्डकीमा क्रान्तिकारी मोर्चा

पोखरा ।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गण्डकी प्रदेशको प्रथम भेला सोमबार पोखरामा भएको छ । भेलामा मोर्चाका केन्द्रका सचिवालय सदस्य शैलज पौडेलले साम्राज्यवादी र राष्ट्रघातीहरुका विरुद्ध आन्दोलन उठाउनका लागि मोर्चा गठन भएको उल्लेख गरे ।
वामपन्थी र परिवर्तनकारी शक्तिमा टुटफुट र विभाजन हुँदा त्यसको फाइदा पश्चगामी र विदेशीका दलालहरुले लिएको भन्दै उनले अबको आन्दोलनले त्यस्ता शक्तिहरूलाई बढार्ने चेतावनी दिए ।
प्रतिरोधः जनअधिकार आन्दोलका सदस्यसमेत रहेका पौडेलले अहिलेसम्म कोसी, मधेश, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा प्रदेश कमिटी गठन भएको जानकारी दिँदै बाँकी दुई प्रदेशमा पनि मोर्चा गठन गरी देशभरबाट एकसाथ आन्दोलन उठाउने तयारी भईरहेको जानकारी दिए ।
भेलामा नेकपा मशालका नेता विमल शर्माले संयुक्त आन्दोलन उठाउनका लागि मोर्चाको आवश्यकता परेको सुनाए । उनले लामो प्रयासपछि मोर्चा गठन भएको बताउँदै अब आन्दोलनका कार्यक्रमसहित अगाडि बढाउनुपर्ने विचार राखे ।
कार्यक्रममा नेकपा मार्क्सवादी पुष्पलालका केन्द्रीय सदस्य विष्णुबहादुर थापा, डोलराज विक र प्रतिरोध जनअधिकार आन्दोलका वन्दना ढकालले बोलेका थिए । भेलाले दीपक गुरुङको संयोजकत्वमा ९ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ।
सदस्यमा गीता कुँवर, प्रकाश पौडेल, सन्देश गिरी, डोलराज विक, विष्णुबहादुर थापा र विनोद सुनाम छन
। २ सदस्य पछि थप गरिनेछ । भेला दीपक गुरुङको अध्यक्षतामा भएको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया