पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालन अनुमति

पोखरा ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालय(पोविवि) अस्पताल सञ्चालन गर्न अनुमति दिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयबाट विभिन्न मितिमा गरिएको स्थलगत अनुगमनपश्चात प्राप्त प्रतिवेदनमा आधारित भएर चैत १९ गतेको बैठकले अनुमति दिएको हो ।
मन्त्रालयबाट १३ चैतमा गरिएको स्थलगत अनुगमनपछि बसेको बैठकले गरेको निर्णय समेतको आधारमा पोखरा–३०, खुदी, ढुंगेपाटनको विश्वविद्यालय परिसरमा रहेको प्रस्तावित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अनुमति दिइएको हो । केही सर्तहरू पालना गर्ने गरी ६ महिनाका लागि सय शड्ढयाको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद बञ्जाराले जानकारी दिए ।
मन्त्रालयले जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशाला सञ्चालन अनुमति लिनुपर्ने सर्तको पालना गर्न विश्वविद्यालयलाई भनेको छ ।







सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया