पोखरा ६ मा तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ को महिला सञ्जालको आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम बिहीबार सकिएको छ । पोखरा महानगरपालिका वडा नम्वर ६ को सहकार्यमा भएको तालिम समापन समारोहमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए ।
उनले वडावासीको सेवा, सुविधाका लागि वडा कार्यालय सधै तत्पर रहेको जनाए । वडा सदस्य पवित्रा थापाले समाज परिवर्तनमा महिलाको ठूलो भूमिका हुने भएकाले महिलाको क्षमता अभिवृद्धि हुन आवश्यक रहेको जनाइन् । उनले महिलाका लागि महिला, विकासका लागि महिला, समाजका लागि महिला भन्ने नारालाई आत्मसात गर्दै महिलाको अर्थपूर्ण सहभागीताका लागि आआफ्नो तर्फबाट लाग्नुपर्ने जनाइन् ।
सञ्जालका अध्यक्ष बबिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सहभागीको तर्फबाट धादिङ त्रिपुरा बाराही महिला समूहका सचिव रचना अधिकारी, बङ्लादी आमा समूहका उपाध्यक्ष शशी कार्की, मितरी नारी समूहका सचिव सरिता भट्टराई, नवोदित महिला समूहका उपाध्यक्ष पार्वती सुनार, बैदाम महिला समूहका अध्यक्ष उमा काफ्ले, सञ्जालका द्वितीय उपाध्यक्ष भगवती बाँनिया र सचिव रेणु लामिछानेले बोलेका थिए ।
३ दिनसम्म सञ्चालित तालिममा पोखरा वडा नम्बर ६ भित्रका विभिन्न आमा/महिला समूहका ५४ जना सहभागी थिए । तालिमको सहजीकरण पत्रकार दुर्गा अधिकारीले गरेकी थिइन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया