लायन्स सेन्ट्रल गार्डनद्वारा एसइई विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ । क्लबले सन् २०१६ देखि हरेक वर्ष विद्यार्थीलाई उद्घोषण, भाषणकला, कार्यक्रम प्रस्तोता, नेतृत्व विकास, आधारभूत कम्प्युटर र पत्रकारिता विषयमा निःशुल्क तालिम सञ्चालन गर्दै आएको छ ।
लायन वर्ष २०२३/२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यो वर्ष पनि विद्यार्थीलाई प्राविधिक तालिम दिन लागिएको बताए ।
क्लबले अघिल्लो वर्ष २१ जना विद्यार्थीलाई झण्डै दुई लाख राशि बराबरको निःशुल्क प्राविधिक तालिम प्रदान गरेको संस्थापक अध्यक्ष हरि भाटले जानकारी दिए ।
तालिम गण्डकी हाईटेक कम्प्युटर तथा व्यवहारिक सीप विकास केन्द्र बगरको प्राविधिक सहयोगमा सञ्चालन हुने पूर्व अध्यक्ष सुब्बा घिमिरे बताउँछन् ।
दुई दशक अगाडिदेखि पोखराका प्रतिष्ठित तालिम केन्द्रमा सहजीकरण गर्दै आएका प्राविधिकद्वारा दिइने शिक्षाले भाइबहिनीलाई आगामी दिनमा उल्लेख्य सहायता पुग्ने पूर्वअध्यक्ष आनन्द पौडेलको आँकलन छ ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया