पहिलो पाइला मन्टेसरी १२ वर्षमा

पोखरा ।
पहिलो पाइला मन्टेसरी किन्डर होम १२ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शनिबार मन्टेसरीले अभिभावक दिवस तथा दीक्षान्त आयोजना गरेको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बालबालिकाको सर्वांगीण विकासका लागि अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने विचार राखे । उनले बालबालिकाको गुणस्तरीय शिक्षा सुलभ र सरल तवरले पाउने अधिकार सुनिश्चित गर्ने दायित्व राज्यसहित सबै सरोकारवालाको भएको जनाए ।
आचार्यले विद्यार्थीलाई धेरै गृहकार्य र घोकन्ते शिक्षा दिनुभन्दा प्रयोगात्मक विधिबाट शिक्षण सिकाई गर्न सुझाए । ‘होमवर्कको भारी र घोकन्ते शिक्षा दिनुभन्दा प्रयोगात्मक विधि अपनाउनुहोस् । त्यसरी सिकका बालबालिका भविष्यमा अब्बल बन्न सक्छन्,’ उनले भने । शिक्षकले गलत सिकाउँदा बालबालिकाको भविष्यमा ठूलो असर पर्ने हुँदा शिक्षकहरु क्षमतावान्, नैतिकवान र समर्पित हुनुपर्नेमा उनको जोड छ ।
मन्टेसरीकी सञ्चालक तथा प्रिन्सिपल शुबृना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा नरेन्द्र गुरुङ, शिक्षक यमुना त्रिपाठी लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम र नाटक मञ्चन गरे ।
समारोहमा कक्षा ३ उत्तीर्ण गरेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने किन्डर गार्डेन सकेका विद्यार्थीलाई दीक्षित गरिएको छ । कार्यक्रममा शिक्षकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया