मुख्यमन्त्री अधिकारीको पहिलो निर्णयः अस्पतालको ओपिडी ७ बजेबाट खुला गर्ने

पोखरा ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको पहिलो क्याबिनेटले तीन वटा निर्णय गरेको छ ।
प्रदेश अन्तर्गतका जिल्ला अस्पतालको सेवा विस्तारदेखि मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोकेको छ । प्रदेशका ११ वटा जिल्लामा सञ्चालित जिल्ला अस्पतालको सेवा विस्तार गर्न बिहान ७ बजेदेखि ओपिडी खोल्ने निर्णय गरेको हो ।
यसअघि जिल्ला अस्पतालका ओपिडी १० बजे खुलेर बेलुका ५ बजे बन्द हुँदै आएका थिए । मुख्यमन्त्री अधिकारी नेतृत्वको पहिलो क्याबिनेटले अस्पतालको सेवा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा तत्काल आवश्यक ३५ वटा कानुन बनाउने निर्णय पनि गरेको छ । ‘पहिचान गरिएका ३५ वटा कानुनहरुको तर्जुमा प्रक्रियालाई शीघ्रता प्रदान गरिनेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । बैठकले सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई तोक्ने निर्णय समेत गरेको छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया