उद्यम विकास सम्बन्धि तालिम सम्पन्न

पोखरा ।
युएसएआइडी जल जंगलको आयोजनामा उद्यम विकास सम्बन्धि तीन दिने तालिम भएको छ । उद्यम विकास सहजकर्तालाई प्राकृतिक स्रोतमा आधारित उद्यमका बारेमा अभिमुखीकरण गरि प्रवर्द्धन गर्न सहकार्य गर्नु तालिमको उद्देश्य थियो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा रामचन्द्र कँडेलले उद्यम सम्बन्धि भएका नीतिमा आधारित रही उद्यमी छनोट गर्नुपर्ने, वनमा आधारित उद्योगको पहिचान तथा समस्या समाधान गर्न गरिने प्रयासमा सहजीकरण गरि सूचना दिनुपर्ने बताए । उद्यमी छनौट गर्दा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दा काम गर्न सजिलो हुने उनको भनाइ छ ।
‘दिगो तथा निरन्तर आम्दानी योग्य हुनका लागि कानुनी नीति अनुसार समन्वय गरी व्यवसायिक योजनामा कस्को के कति लगानी हुने, जोखिमभार कसरी घटाउने भनेर आँकलन गरेर व्यवसाय गर्न सक्ने हो भने सफल हुन सकिन्छ ।’ कँडेले भने ।
तालिममा प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय र दिगोपन उद्यमीका विशेषताहरु, मूल्य श्रृंखला विश्लेषण मूल्य श्रृंखला छनौट, व्यवसायका ढाँचा तथा उत्पादित वस्तुको बजारीकरणका बारेमा अन्तरक्रिया भएको आयोजकले जनाएको छ ।
युएसएआइडी जल जंगलका उद्यम विकास अधिकृत निरबहादुर विकले तालिम सहजीकरण गरेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया