शिव मन्दिर आमा समूहमा माया

समाधान संवाददाता २०८० चैत २६ गते १६:४८

पोखरा ।
शिव मन्दिर आमा समूह पोखरा २० भलामको अध्यक्षमा माया जिसी चुनिएकी छन् । १४ औँ साधारणसभा तथा चौथो अधिवेशनले उपाध्यक्षमा सीता थापा, सचिव सुष्मिता घर्ती, सहसचिव सुदीपा सुवेदी र कोषाध्यक्षमा लक्ष्मी राना भुजेल छन् ।

Advertisement


सदस्यमा हेमा घर्ती, खिरमती सुनार, सिला सुवेदी, गोमा गौतम, जमुना राना र अनिता पौडेल छन् । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउँदै स्थापना कालदेखि आमा समूहले गरेका काम सराहनीय भएको बताइन् ।


पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाको आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएको जनाए । कार्यक्रममा शिव मन्दिर टोल विकास संस्थाका अध्यक्ष होमन राना, तुलसी तिमल्सिना, दामोदर सुवेदी र वडा सदस्य मीना पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया