मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध रिटको पेसी आज, न्यायाधीश शर्माको इजलासमा

पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा भएको खगराज अधिकारीको नियुक्ति विरुद्ध परेको रिटको आज बुधबारलाई तोकिएको पेसी पाँचौं नम्बरमा परेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २७ मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा पेस परेको छ ।
पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ मा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा गरेको नियुक्ति बदरसहित आफूलाई पुन सोही जिम्मेवारीको निरन्तरताका लागि परमादेश माग गरेका छन् । मुख्यमन्त्रीका लागि दाबी पेश गर्दा एमाले र माओवादीले सांसद संख्या देखाउँदा सभामुख पनि गणना गरेको हुँदा त्यो असंवैधानिक रहेको तर्क पाण्डेले रिट निवेदनमा गरेका छन् ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुख सहित ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र १ जना स्वतन्त्र सांसद छन् । पाण्डेले दायर गरेको रिटमा प्रदेश प्रमुख भट्ट, सभामुख धिताल, मुख्यमन्त्री खगराज अधिकारी तथा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया