बिलबहादुर गुरुङको निधन

पोखरा ।
समाजसेवी बिलबहादुर गुरुङको निधन भएको छ । पोखरा बुद्धचोक निवासी गुरुङ ९१ वर्षका थिए । काठमाडौंमा उपचारकै क्रममा गुरुङको मंगलबार बेलुका ९ बजे निधन भएको हो ।
पेट्रेलियम डिलर्स एसोसियसन गण्डकीका संस्थापक अध्यक्ष, बौद्ध अघौं सदनका संस्थापक सचिव एवं पूर्वअध्यक्ष, कालिका मावि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व सञ्चालक रहेका उनी विभिन्न संघ संस्थामा आबद्ध थिए । गुरुङको निमोनियाका कारण उपचारकै क्रममा काठमाडौंको ग्रान्डी हस्पिटलमा निधन भएको हो ।
सामान्य पेटको दुखाईबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगिएको गुरुङको थप उपचारका लागि काठमाडौं लगिएको थियो । स्वर्गीय गुरुङका २ श्रीमती, ३ छोरा, २ छोरी छन् । बिल गुरुङका जेठा छोरा कमलकुमार, माइला सुनील कान्छा सुन्दरकुमार, छोरीहरुमा गंगा र ज्वाला गुरुङ छन् । स्वर्गीय गुरुङको बुधबार पोखरा रामघाटस्थित बौद्ध अर्घाैंसदनमा अन्तिम संस्कार गरिएको छ ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया