पार्किङबाटै उठाइए स्वरुप बिगारेका बाइक

पोखरा ।
स्वरुप परिवर्तन गरिएका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले पार्किङ गरिएको अवस्थाबाट नियन्त्रणमा लिएको छ । लेकसाइडमा पार्किङमा राखिएका ७ वटा मोटरसाइकल मंगलबार नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारबाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको उनले जानकारी दिए ।
‘पहिलोपटक हो भने छाड्छौं । दोस्रो, तेस्रोपटक गल्ती दोहो¥याएर बाटोमा हिँडाएका पार्किङमा राखिएका बाइक पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्छ,’ डिएसपी शर्माले भने । साइलेन्सर पाइपबाट चर्को आवाजमा ध्वनि प्रदूषण गरेर चलाउने मोटरसाइकल नियन्त्रण गर्न प्रहरीले विशेष जोड दिएको हो ।
सोमबार साँझ लेकसाइडमा पार्किङ गरेर राखिएको ती बाइकलाई नियन्त्रणमा लिई कारबाही गरिएको डिएसपी शर्माले जानकारी दिए ।
‘स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने आदिका सञ्चालक, व्यवसायी तथा मजदुरहरूका लागि सचेत गराउँदै स्टिकर टाँसिएको गरिएको छ,’ उनले भने ।
उनले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने खालका मोटरसाइकलहरु पार्किङस्थल समेतबाट नियन्त्रणमा लिई कारबाहीलाई निरन्तरता दिने उनले जानकारी दिए ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया