ध्वनि प्रदूषण गराउने प्लाष्टिकका बाजा नियन्त्रणमा
समाधान संवाददाता
२०८० चैत २९ गते ११:२३

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको छ । ध्वनि प्रदूषण कम गर्न भन्दै पोखरा तेस्रापट्टीबाट ७ सय १५ थान र लेकसाईडबाट १२ सय थान बाजा नियन्त्रणमा लिइएको हो ।
चाडपर्व, मेलापर्वमा प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनि प्रदूषण गर्ने भन्ने जनगुनासो आधारमा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनि प्रदूषण रोक्ने उद्देश्यले प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको शर्माकाे भनाइ छ ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया