हेम्जामा बस दुर्घटना हुँदा ७ जना घाइते
समाधान संवाददाता
२०८० चैत २९ गते ११:४२

पाेखरा ।
पोखरा महानगरपालिका २५ हेम्जा सुईखेतमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार बिहान २ः५० बजे काठमाडौंबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस दुर्घटना भएको हो ।
बागलुङको तमानखोला गाउँपालिका ३ तमानका २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानका ३० वर्षीय भिमकुमार बुढा, ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी मालिका गाउँपालिका १ दरवाङका ७२ वर्षीय नरबहादुर पुन, ६५ वर्षीया कृष्णकुमारी पुन घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ ।
चालकले नियन्त्रण गुमाउँदा बस सडकको बायाँ साइडमा पल्टिएको थियो । वडा प्रहरी कार्यालय बगरको टोलीले घाइतेहरुको उद्धार गरेको थियो । घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया