मुख्य न्यायाधिवक्ता अधिकारीको सपथ

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता कृष्णप्रसाद अधिकारीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय गण्डकीले बिहीबार आयोजना गरेको समारोहमा उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले अधिकारीलाई पद तथा गोपनियताको सपथ गराए ।
सपथ गरेलगत्तै अधिकारीले पदबहालीसमेत गरेका छन् । मुख्य न्यायाधीवक्ता प्रदेश सरकारका कानुनी सल्लाहकार हुन् । प्रदेश सरकारको मंगलबार भएको मन्त्रिपरिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बिहीबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । कानुनमा स्नातक अधिकारी पहिले काठमाडौं र अहिले लमजुङमै कानुन व्यवसायमा संलग्न थिए । लमजुङ जिल्ला बारमा तीन कार्यकाल अध्यक्ष बनेका अधिकारी एमालेको पार्टी राजनीतिमा पनि क्रियाशील छन् ।
चैत तेस्रो साता भएको एमाले जिल्ला अधिवेशनमा उनी अध्यक्षमा पराजित बनेका थिए । चैत २५ गते प्रदेशको मुख्यमन्त्री बनेका खगराज अधिकारी सरकारविरुद्ध २७ गते सर्वाेच्चमा रिट परेको छ । रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालतले सरकारलाई दीर्घकालीन निर्णय नगर्न बुधबार आदेश गरेको थियो ।
खगराज एमालेका २२, माओवादीका सभामुखसहित ८ र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । सरकार बनाउन सभामुखलाई पनि गणना गरेको भन्दै विपक्षी कांग्रेस अदालत गएको हो ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया