घान्द्रुक पर्यटन महोत्सवमा खेलकुद जारी

पोखरा ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिङ र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा ताङ्वे यवा क्लबलाई २५–२३, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिए ।
दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चेले देउराली युवा क्लब भुक देउरालीलाई २६–२८, २३–२५, २५–११, २५–१७ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा वालिङसँगको भेट पक्का गर्यो । उपाधिका लागि शुक्रबार दिउँसो प्रतिस्पर्धा हुनेछ । ६ टिमको सहभागिता (लिगकम नकआउट) रहेको भलिबल प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ । खुला बास्केटबलतर्फ भने सेमिफाइनल समीकरण पूरा भएको अन्नपूर्ण बास्केटबल समितिका अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।
बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा टाइम्स क्लबले दाङलाई ५९–१९ ले हरायो । दोसो क्वाटरफाइनल खेलमा आर्मी क्लबले घान्द्रुक टिम ‘ए’लाई ५९–३८ ले पछि पार्यो । तेसो क्वाटरफाइनल खेलमा मर्दीखोला क्लबले घान्द्रुक टिम ‘बि’माथि ४६–४१ ले जित निकाल्यो भने अन्तिम क्वाटरफाइनल खेलमा सेञ्चुरी युवा क्लबले पुन युनाइटेड नदीपुरलाई ६६–५० ले पराजित गर्दै सेञ्चुरी क्लब सेमिफाइनलमा प्रवेश गर्यो ।
अब शुक्रबार पहिलो सेमिफाइनल खेल बिहान ७ बजे विभागीय क्लब आर्मी क्लब र मर्दीखोलका बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्काे सेमिफाइनल खेल टाइम्स क्लब काठमाण्डौं र सेञ्चुरी युवा क्लब छोम्रोङबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि ह्विलचियर बास्केटबलको प्रदर्शन गरिने गुरुङले जानकारी दिए ।
१२ टिमको सहभागिता रहेको खुला बास्केटबलतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
सनम दौड च्याम्पियन
महोत्सवमा आयोजित चक्रीय पदमार्थ दौड प्रतियोगिताको उपाधि सनम गुरुङले जितेका छन् । पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित ५.५ किमी दूरी ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् ।
स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । धावकहरुले मेडल तथा प्रमाणपत्रसहित नगद क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धासम्म सहभागी थिए । दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रीय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।
शुक्रबार क्लबस् तरीय पुरुष भलिबल, खुला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता ठेलो प्रतियोगिताको फाइनल गरिने महोत्सवका संयोजक अमृत लामा गुरुङले जानकारी दिए । हरेक दिन बेलुकी ख्याति प्राप्त कलाकारले सांगीतिक प्रस्तुती दिँदै आएका छन् ।
महोत्सवको समापन समारोहमा गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल उपस्थित हुने छन् भने सोही बेलुकी दोहोरी गायक राजु परियारको प्रस्तुति रहनेछ ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया