पोखरा २२ मा वन मुद्दा लागेकालाई सहयोग गर्न गाउँ भेलाले बनायो समिति
रास्वपा अध्यक्षलाई ‘सामाजिक बहिस्कार'को निर्णय
समाधान संवाददाता
२०८० चैत ३० गते १२:१९

पोखरा ।
पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीका स्थानीयले वन मुद्दाका २२ प्रतिवादीलाई सहयोग गर्न गाउँभेला गरेका छन् । पूर्ववडाध्यक्ष विष्णुहरि बरालको नेतृत्व खेमराज बराल, लीलाबहादुर बराल, मीनबहादुर विक र राजु क्षेत्री गरी ५ सदस्यीय सहयोग समिति गठन गरेको छ ।
शुक्रबार बसेको भेलाले सहयोगकै लागि २ लाख रुपैयाँ संकलन गरेको क्षेत्रीले जानकारी दिए । भेलाले विद्यालयको विषयलाई लिएर गाउँलेलाई मुद्दा खेप्न बाध्य पार्ने रास्वपा पोखरा २२ का सभापति गोपी बराल सार्वजनिक बहिस्कार गर्ने निर्णय गरेको उनले बताए ।
डिभिजन वन कार्यालय कास्कीले लीला आधारभूत विद्यालयको जग्गा भोगचलन गरेको अभियोगमा गत २६ गते स्थानीय २२ जनालाई कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । विद्यालयसँग जग्गा भाडामा लिई होटल, रेस्टुरेन्ट लगायत व्यवसाय गर्नेहरुमाथि मुद्दा परेको हो ।
सम्बन्धित








पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया