पिस सिभिक अध्यक्षमा विकास

पोखरा ।
लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल निर्वाचित भएका छन् । क्लबको शनिबार भएको अधिवशनबाट वर्ष २०२४/२५ को अध्यक्षमा कँडेल चुनिएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्ष गणेश पराजुली, तृतीय उपाध्यक्ष यज्ञप्रसाद तिवारी, सचिव हरिप्रसाद अधिकारी, क्लब प्रशासक विनोद बराल, कोषाध्यक्ष राजु कुँवर, सहसचिव मनमोहन अधिकारी र सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी छन् । क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्रबहादुर आले छन् ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी वर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट विनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी, निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले बोलेका थिए । कार्यक्रम क्लबका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा भएको हो ।








पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया