स्याङ्जाली तमु समाजको ट्होटे

लेखनाथ ।
गुरुङ समुदायको प्राचीन संस्कृति आत्मसात गर्दै साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलवार मनाइँदै आएको टोहेटे पर्व पोखरा २६ मा रहेको स्याङ्जाली तमु समाजले सामूहिक रुपमा मनाएको छ।
वर्षको २ पटक तमु समुदायले मनाउने टोहोटे पर्व अन्तर्गत चैत्र महिनाको अन्तिम मंगलबार उभौली र साउनको अन्तिम मंगलबार उधौली पर्वका रुपमा मनाउने प्रचलन छ । पोखरा २६ को गडुवा खोलाबाट धार्मिक परम्परा अनुसार बाजागाजा, र तमु समुदायको भेषभुसामा सम्झिएर समूहले विभिन्न ठाउँ परिक्रमा गर्दै गुँदेताल किनारामा पुगी वैदिक विधिपूर्वक समापन गरिएको हो ।
साउन महिनाको ट्होटे पर्वमा खेती बाली तथा पशुपक्षीलाई गाउँबाट बेशी लगिने भएकाले उधौली र चैत महिनाको ट्होटेमा वेशीबाट गाउमा जाने भएकाले उघौली भन्ने प्राचिन मान्यता रहँदै आएको छ । समाजका अध्यक्ष ले नेमबहादुर गुरुङको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहनप्रसाद गुरुङ, पूर्वअध्यक्ष क्याप्टेन डिकबहादुर गुरुङ, सुवेदार यमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष रिनु गुरुङ, समाजका सचिव क्याप्टेन विलबहादुर गुरुङ लगायतले मौलिक संस्कृति जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
टोहोटे पर्वमा विशेष गरी प्राकृतिक दैवि प्रकोपबाट मानव जातिको रक्षा होस भन्दै बालीनाली र गाउँ समाजमा कुनै किसिमको आपतविपत नआवासो भन्दै भुतप्रेतलाई भागाउने प्राचीन मान्यता छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया