धारापानी मावि ढिकुरपोखरीको वार्षिकोत्सव

समाधान संवाददाता २०८० चैत ३० गते २०:०४

पोखरा ।
अन्नपूर्ण गाउँपालिका वडा नं ३ स्थित धारापानी माध्यामिक विद्यालयको वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले उद्घाटन गरेका थिए ।

Advertisement


अध्यक्ष केसीले विद्यालयको गुणस्तर बढाउन पालिकाले खेल्नुपर्ने भूमिकामा सधै निरन्तर अगाडि बढ्ने र सहकार्य गरेर बालबालिकाको भविष्य उज्जवल बनाउने काममा लागि पर्ने बचनबद्धता व्यक्त गरे । विद्यालयको ७३ औं वार्षिकोत्सवमा विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक हरिप्रसाद भण्डारीले गरे ।


छात्रछात्राबाट नृत्य प्रस्तुतसमेत भएको कार्यक्रममा पाउँदुर आधारभूत विद्यालयका प्रधानाध्यापक वसन्ती देवकोटा, मुक्तिराम टीकाश्वरी छात्रवृत्ति कोष संस्थापक ईन्द्रप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवकोटा अधिकारी, पूर्वजिविस सभापति एवं समाजसेवी, नेता पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिका शिक्षा विभाग प्रमुख बलराम भुगाईं, नेपाल सरकारका उपसचिव घनश्याम पौडेल, विद्यालयका पूर्व प्रधानाध्यापक महेन्द्र कुँवर, महेश्वर पौडेल, ढिकुरपोखरी समाजका अध्यक्ष सोमनाथ पौडेल, कमला केसी, वडाध्यक्ष फणीन्द्रप्रसाद पौडेल लगायतले शुभकामना राखे । कार्यक्रममा सहयोग दातालाई सम्मान र उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो । अध्यक्षता चन्द्रबहादुर गुरुङले गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक उदय सुवेदी र सञ्चालन शिक्षक नयन पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया