ढिकुरपोखरी समाजको शुभकामना साटासाट

पोखरा ।
ढिकुरपोखरी समाजले नववर्ष २०८१ को अवसर पारेर शुभकामना आदनप्रदान र क्यालेण्डर विमोचन कार्यक्रम गरेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विणुबहादुर केसी लगायतले क्यालेन्डर विमोचन गरेका थिए ।
त्यस अवसरमा केसीले हिजो भएको गल्ती कमजोरीलाई सुधार गर्दै आर्थिक पारदर्शिता, सुशासन र सामाजिक भावना एक भएर जाने प्रतिबद्धता व्यक्त गरे । पहिलाका योजनालाई निरन्तरता दिँदै नयाँ योजना सुचारु गर्नुपर्नेछ सबै राजनीतिक दल एक भएर जानुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा शुभकामना अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्राप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष युवराज कुँवर, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवकोटा अधिकारी, पूर्वजिविस सभापति एवं समाजसेवी नेता पुण्यप्रसाद पौडेल, क्यालेन्डर प्रकाशन समिति संयोजक कृष्णप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सोमनाथ पौडेलले गरे । उपस्थित सबैलाई स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी अधिकारीले गरेको कार्यक्रम सञ्चालन सचिव लोकनाथ भण्डारीले गरेका थिए ।







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया