दीपेश बने सुपर भ्वाइस अफ त्रिवेणी

पोखरा ।
त्रिवेणी संगीतालयद्वारा आयोजित नव प्रतिभाको खोजी अभियान अन्तर्गतको गण्डकी प्रदेश स्तरीय गायन रियालिटी सो सुपर भ्वाइस अफ त्रिवेणी सिजन २ को उपाधि लाहाचोक कास्कीका दिपेश नेपालीले जितेका छन् ।
५ चरणमा भएको प्रतियोगितामा बगरकी कृषिका घिमिरे, लेखनाथका दीपक परियार, गोरखाका भुवन अधिकारी क्रमशः द्वितीय, तृतीय र सान्त्वना बने । कास्कीकै समर लोहोनीले दर्शक रोजाईको उपाधि पाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले नेपाली संगीत क्षेत्रमा त्रिवेणी संगीतालयले पुर्याएको योगदानको प्रशंसा गरे । उनले पर्यटकीय राजधानी पोखरामा यस्ता गतिविधि भइरहनुपर्ने र राज्यको तर्फबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए ।
लोक र ऐच्छिक गरी २ चरणमा गरिएको उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यवादन तथा ट्रयाकमा गरी २१ प्रतियोगीले भाग लिएका थिए । संगीतालयका प्रशिक्षक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा संगीतकार, बिबी अनुरागी र करण तामाङ, संगीत प्रशिक्षक तथा गायक किशोर सुनार निर्णायक थिए । कार्यक्रममा राजन बराल, सुनील बराल र ऊर्जा बरालले पनि बोलेका थिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया