पूर्व सासंद पुनले गरे वृद्धाश्रममा सहयोग

लेखनाथ ।
राष्ट्रिय पञ्चायतका पूर्व सदस्य तथा पूर्वमन्त्री उत्तम पुनले पोखरा ३२ को राधाकृष्ण वृद्धाश्रमलाई सहयोग गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा पुन परिवारले आफ्ना बुबा हेमबहादुर पुनको नाममा स्थापना गरिएको हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल र सामाजिक कल्याण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा आश्रमका वृद्धवृद्धाका लागि खाद्यान्न, फलफूल र तरकारी सहयोग गरिएको हो ।
प्रतिष्ठानले हरेक वर्ष सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगलाई यस वर्ष पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई सहयोग गरेको हो । स्मृति प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री समेत रहेका पुनले आश्रममा रहेका करिब ६० जना वृद्धवृद्धाका लागि आवश्यक पर्ने खाद्यान्न हस्तान्त्रण गर्दै आफूले बाल्य कालदेखि नै असहाय, असक्तहरुका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोग गर्नुलाई आफ्नो कर्तव्य ठानेको बताएका थिए ।
कार्यक्रममा हेमबहादुर पुन स्मृित प्रतिष्ठानका अध्यक्ष क्याप्टेन रवीन्द्र पुनले सामाजिक रुपले पछि परेका वर्गलाई आर्थीक रुपले माथी उठाउन र कोही पनि नेपाली भोकमरीको मारमा नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानमार्फत सहयोग गर्दै आएको बताए ।
आश्रममा बसोबास गर्दै आएका ज्येष्ठ नागरिका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री पूर्वमन्त्रीसमेत रहेका पुनको परिवारले वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, कोषाध्यक्ष शिवबहादुर थापा र सह सचिव रजनी लामिछानेले लाई शनिबार आश्रममा पुगी हस्तान्तरण गरेका हुन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया