रुपाताल किनारमा सिस्टेनी मेला सुरु

लेखनाथ ।
पोखरा ३२ रुपाताल किनारमा आइतबार देखि छैटौं सिस्टेनी मेला सुरु भएको छ । “चैते दशैको बेला सिस्टेनी मेला” भन्ने भनाइलाई मध्यनजर राखेर स्थानीय रुपा युवा क्लवले मेला आयोजना गरेको हो ।
नेपालमा मेला तथा महोत्सवको सुरुवात सिस्टेनीबाटै भएको मान्यता रहदै आएको छ । मेलामा विशेष गरि कृषि उत्पादन, कृषि औजार तथा छेलो हान्ने प्रतियोगिताले यो ठाउँले ख्याती कमाएको स्थानीयको भनाइ छ ।
वैशाख ५ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौलिक सँस्कृती र स्थानीय उत्पादनलाई टेवा पुर्याउन मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘जनता नेताका लागि विश्वविद्यालय हुन्, नेतृत्वमा हुनेले जनताले सिकाएकै काम गर्ने हो । तिनै तहबाट विनियोजित हुने बजेट एकद्धार प्रणालीबाट वितरण गर्नुपर्छ, कनिका छरे झैं छर्न हुँदैन,’ उनले भने ।
पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले विकास निर्माणका काममा संघिय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठले मेलामा साहित्य कला, संस्कृति, धर्मको जागरण गर्ने, रुपाताल वरिपरी विकासका लागि पहल गर्ने, पर्यटन प्रवद्धर्न गर्ने मेलाको उद्देश्य रहेको बताए ।
कार्यक्रममा सीता अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र लोक दोहोरी गायक शिवहरि ढुंगाना लगायतले मेलालाई वार्षिक रुपमै मनाउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन क्लबका सचिव अनिल पंगेनीले गरेका थिए भने कार्यक्रमका संयोजक सागर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
मेलामा खुला भलिबल प्रतियोगिता, महिला, पुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी, कृषि प्रर्दशनी, फुड फेस्टिवल, जैविक विविधताको प्रर्दशनी, माछा प्रर्दशनी, पप कन्सर्ट, बाल उद्यान, साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया