दरौंखोला सामीप्य समाजको शुभकामना
पोखरा ।
स्याङ्जाको दरौंखोला (पुतलीबजार – १३, अर्जुनचौपरी – १, २ र भिरकोट – ७) बाट पोखरामा अध्ययन, पेशा र व्यवसायमा संलग्न भई स्थायी र अस्थायी रुपमा बस्दै आएका १५२ आजीवन सदस्यहरु रहेको साझा संस्था दरौंखोला सामीप्य समाज, पोखराको भितेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम शनिबार भएको छ ।
संस्थाका संरक्षक प्रमुख अतिथि डा. खगेन्द्रप्रसाद घिमिरेले समाजले हालसम्म गरेका कामहरूको प्रशंसा गर्दै नवनिर्वाचित समितिले गरेका रचनात्मक, सिर्जनात्मक र सामाजिक तथा मानवीय उत्तरदाइत्वका कामको निरन्तरताले संस्थाको उचाइ बढेको व्यक्त गरे ।
संस्थाका उपाध्यक्ष गंगाराम पौड्यालको स्वागत मन्तव्य, दिदीबहिनी क्वालिटी सर्कल सहसंयोजक मञ्जु कार्कीले दिदीबहिनीहरूले हालसम्म गरेका कामको समीक्षा, सल्लाहकार होतबहादुर रोकाले नव वर्ष २०८१ कविता, सल्लाहकार सूर्य रोकाले शुभकामना, संस्थापक अध्यक्ष शोभित खडकाले संस्थाको इतिहास, संरक्षक दोबबहादुर कार्कीले संस्थाका गतिविधि र भितेपात्रोको महत्वमाथि बोलेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बोधराज गौतम र सञ्चालन सचिव नम रोकाले गरेका थिए ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया