राम्चेली गडाभाइको पात्रो

समाधान संवाददाता २०८१ वैशाख ३ गते १२:३४

पोखरा ।
स्याङ्जा राम्चेली गडाभाइ तमु समाज पोखराले नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरेको हो । स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेकाहरुको संस्थाले शनिबार समाजका सल्लाहकार, पदाधिकारी र सदस्यको उपस्थितिमा कार्यक्रम गरेको हो ।

Advertisement


समाजका अध्यक्ष भूपेन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार ओम गुरुङ, काहुँडाडा होमस्टेका सञ्चालक जमानसिंह गुरुङ, सल्लाहकार सदस्य सुवेदार लोक हादुर गुरुङ, समाजका सदस्य चुत्र गुरुङ, रुपक गुरुङ, समाजका सहसचिव रूपसिङ गुरुङ, प्रथम उपाध्यक्ष औबहादुर गुरुङ लगायतले बोलेका थिए । उनीहरुले नयाँ पुस्तालाई पढाइमा लगनशील बनि आफ्नो भविष्यप्रति सजग बन्न आग्रह गरे ।


कार्यक्रममा भित्तेपात्रो प्रकाशन गर्न सहयोग गर्ने संस्थापक सचिव आशीष गुरुङ, सक्रिय सदस्य रुपक गुरुङ र पलमान गुरुङ र आर्थिक सहयोग गर्ने सक्रिय सदस्य चुत्र गुरुङ, चेतबहादुर गुङ र काहुँडाडा होमस्टे सञ्चालक जमानसिं गुरुङलाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया