कालिका भगवती मन्दिरमा महाकालीको मूर्ति समर्पण गरिने

पाेखरा ।
पोखरा महानगरपालिका २८ स्थित कालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान संञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिने भएको छ । प्रसिद्ध अर्घौं मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्तीको पूर्वसन्ध्यामा मंगलबार कार्यक्रम आयोजना गरिएकाे हो ।
महाकाली भगवतीको मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना क्षेत्र, अर्घौं मौलाकालिका धार्मिक क्षेत्र तथा छिमेकी स्थानमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित मूर्ति समर्पण गरिने कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिए । ऐतिहासिक एवं धार्मिक परम्परा, मौलिक संस्कृतिको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनकाे भनाइ छ ।
समितिले कार्यक्रममा सहभागी हुने भजन टोलीले आफूसँग भएका वाद्यवादन सामग्रीहरु र सवारी साधन लिएर आउन आग्रह गरेको छ । साथै सवारी साधन नभएका र ज्येष्ठ नागरिकलाई बसको व्यवस्था गरिएको संयोजक भण्डारीले बताए ।
रथ यात्रा बिहान ७ः३० बजे कालिका मन्दिरबाट सुरु हुनेछ । त्यसपछि मैदान नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक हुँदै भण्डारढिक पुग्नेछ ।
यस्तै, त्यहाँबाट खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै पुनः कालिका मन्दिरमै आएर रथयात्रा समापन हुनेछ । कार्यक्रम वडा कार्यालय २८ को संंरक्षकत्वमा हुँन लागेकाे हाे ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया