राष्ट्रिय संगीत अवार्ड पत्रकार रञ्जनलाई
पोखरा ।
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो ।
पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् ।
गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डकन्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजन गर्दै आएका छन् । उनी खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव छन् ।
पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।
यही वैशाख ८ गते, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।
अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा परेका छन् । हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया