गजलकार प्रकट पंगेनी भेन्टिलेटरमा, उपचारका लागि आर्थिक सहयोगको अपिल

पोखरा ।
गजलकार प्रकट पंगेनी गम्भीर बिरामी भएर हस्पिटल भर्ना भएका छन् । सोमबार स्वास्थ्यमा आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।
भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको उनका भतिज प्रज्वल पंगेनीले जानकारी दिए । ७० वर्षीय गजलकार प्रकटको अवस्था गम्भिर रहेको छ ।
मणिपाल शिक्षण अस्पतालका डा अनमोल पाैडेलका अनुसार पंगेनीको पित्त थैलीको इन्फेक्शन शरिरभरी फैलिएको छ । उनी जन्डिस र निमोनियाबाट ग्रसित छन् । उनको पित्त थैली फुटेको आशंका छ ।
उनको उपचारमा आर्थिक अभाव भएको छ । पाेखरेली युवा साँस्कृतिक परिवारले पंगेनीकाे उपचारकाे लागि सहयाेग अपिल गरेकाे छ ।
परिवारका अध्यक्ष उपेन्द्र पाैडेलले सामाजिक सञ्जालमा एउटा अपील पोष्ट गर्दै सहयोगको याचना गरेका छन् । उनको उपचारका लागि सहयोग जुटाउन कोष स्थापना गरिएकाे छ । एनएमबी बैंकमा खोलिएको सो कोषमा पाेखरेली युुवा साँस्कृतिक परिवारले २५ हजार रुपैया जम्मा गरेको उल्लेख गर्दै पाैडेलले सहयोगी मनहरुलाई स्वेच्छिक आर्थिक सहयाेगका लागि आग्रह गरेका छन् ।










सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया